Archive for August, 2010
Tuesday, August 31st, 2010
बिराटनगर १५ भदौ । गएराती सप्तरी र सिराहामा भएको आगलागीमा २ लाख बढीको क्षति भएको छ भने आगलागीमा परि एक जना गंभिर घाइते भएका छन । सप्तरीको पकरीमा राती ११ बजेतीर भएको आगलागीमा १ लाख बराबरको क्षति भएको छ भने आगलागीमा परी एक जना घाइते भएका छन । पकरी ८ का बिकल सरदारको ग्वालीघरमा भएको आगलागीमा सो बराबरको क्षति भएको हो । आगो निभाउन जाने क्रममा बिजयलाल सरदार गंभिर घाइते भएका छन । घाइते सरदारको सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेको क्षेत्रीय प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । त्यसैगरी सिराहाको भझौरा ८ का दुखी कामतको ग्वाली घरमा राती ८ बजेतीर भएको आगलागीमा १ लाख १० हजार बराबरको क्षति भएको छ । आगलागीले ग्वालीमा रहेको सम्पूर्ण सामान जल्दा सो बराबरको क्षति भएको छ । आगलागीलाइ स्थानीयबासीले करीब आधा घण्टापछी नियन्त्रणमा लिएका थिए ।
Tuesday, August 31st, 2010
बिराटनगर, १५ भदौ । सुनसरीको इनरुवाका एकजना चिकित्सकले स्वास्थ्य परीक्षण नै नगरी निरोगिताको प्रमाणपत्र प्रदान गरेको खुलासा गरेको छ । एउटा आँखाको पूरै दृष्टि गुमाएका एकजनालाई सवारीचालक अनुमतिपत्रका लागि चिकित्सक श्याम शाहले ‘पूर्ण स्वस्थ’ भनेर प्रमाणपत्र दिएपछि शाहको गैरकानुनी कामको खुलासा भएको हो । सवारीचालक अनुमतिपत्रका लागि आवेदन गरेका मोरङका तोर्णबहादुर श्रेष्ठलाई ती चिकित्सकले निरोगिताको प्रमाणपत्र दिएको पूर्व क्षेत्रीय ट्राफिक कार्यालयका नायब निरीक्षक ईश्वरी ठकुरीले बताउनुभयो । यस सम्बन्धमा जिज्ञासा राख्दा चिकित्सक शाहले आफ्नो व्यवसाय बरबाद हुनबाट जोगाउन त्यसो गरेको स्वीकार गर्नुभयो । दलाल मार्फत काम हुने गरेकाले आफूले त्यसो नगरे अरूले त्यस्तै काम गर्ने भएकाले आफूले पनि फर्जी काम गरेको भन्दै कारबाही गर्न स्थानीय प्रशासनलाई चुनौती दिनुभयो ।
Tuesday, August 31st, 2010
तेह्रथुम १५ भदौ । गाउँमा मम्स (गलफुले) रोगको प्रकोप फैलिएपछी पौंठाक गाविसको एभरग्रिन वोर्डिङ्ग स्कूल दुई दिन देखि बन्द गरिएको छ । वालवालिकाहरुमा मम्स रोग फैलन नदिन स्कूल वन्द गरिएको हो । वालवालिकाहरुमा मम्स रोग फैलन सक्ने भन्दै जिल्ला स्वास्थ्य कार्यालयले विद्यालय वन्द गर्न सचेत गराएपछी हिजो र आज २ दिन स्कूल बन्द गरिएको प्रिन्सिपल प्रविण शंकरले जानकारी दिनुभयो । मम्स रोग नियन्त्रणका लागि जिल्ला स्वास्थ्य कार्यालयबाट गएको स्वास्थ्यकर्मीहरुको टोलीले रोग प्रभावित क्षेत्रको उक्त स्कूल वन्द गर्न सुझाव दिएको थियो । पौंठाक गाविसको वडा नम्वर ५ र ६ मा एक सातायता मम्स रोगको संक्रमण वढेको छ । भाईरल फिवरकाकारण फैलिएको मम्स रोग एक÷डेढ सातामा आफै नियन्त्रणमा आउने डा. महेश खनालले बताउनु भयो । मम्स रोग नियन्त्रणका लागि जिल्ला स्वास्थ्य कार्यालयबाट पौंठाकतर्फ गएको टोली सामान्य औषधी उपचार गरी म्याङ्लुङ्ग फर्किसकेको छ ।
Tuesday, August 31st, 2010
विराटनगर, १५ भदौ । पेट्रोलियम पदार्थ ढुवानी मजदूरले गरेको हड्तालका कारण आज पनि नेपाल आयल निगम पूर्वाञ्चल क्षेत्रीय कार्यालय विराटनगरबाट हुने तेल वितरण ठप्प भएको छ । ढुवानी चालक र सहचालक एवम् ट्याङ्कर व्यवसायीबीच गत शुक्रबारदेखी लगातार भएको बार्तामा कुनै सहमती हुन नसकेपछि आजपनि तेल बिक्री बितरण ठप्प भएको हो । मजदूर हड्तालका कारण पूर्वाञ्चलमा आयल निगमको पेट्रोलियम पदार्थको बिक्री वितरण हुन सकेन । पूर्वाञ्चलमा चारसय ६६ पेट्रोलियम पम्पमार्फत् दैनिक तीनलाख ५० हजार लिटर पेट्रोलियम पदार्थ बिक्री हुने गर्दछ । गत साउन १६ गते मजदुरहरुले तलव बृद्धीको माग सहित ब्यवस्थापन पक्षलाई ज्ञापन पत्र बुझाएपनि माग पुरा नभएको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् । आजपनि दुई पक्षिय बार्ता हुने बताइएको छ । यसअघिका बार्ता मजदुरहरुको माग पुरा गर्न नसकिने ब्यवस्थापन पक्षले बताएपछि बिफल हुदै आएको छ ।
Tuesday, August 31st, 2010
विराटनगर, १५ भदौ । चिसाङ्ग खोलामा आएको बाढीले लेटाङ्ग १ किर्तीमानका १० घर परिवार बिस्थापित भएका छन् । गएरातीदेखी आएको बाढीले स्थानिय दुर्गा भुजेल, बुद्धीबल लिम्बु लगायतका १० घर परिवार बिस्थापित भएका हुन् । उनीहरु छिमेकीहरुको घरमा बसीरहेको बताइएको छ । बाढीले किर्तीमानका १० बिगाहा भन्दा बढी खेतीयोग्य जमिन डुबानमा पारेको छ । डुवानका कारण १० बिगाहामा लगाइएको धानबाली नष्ट भएको छ । खोलामा पानीको बहाव नघटेकाले अझै बाढीले क्षति गर्ने क्रममा चलिरहेको चिसाङ्ग खोला तटबन्धन समितीको अध्यक्ष अग्नी पौडेलले बताउनुभयो । बाढीका कारण त्यस क्षेत्रका मात्र करिब १ सय घर परिवार बिस्थापनको खतरामा रहेको पौडेलले जानकारी दिनुभयो । तत्काल बाढी नियन्त्रणको प्रयास नगरे त्यस पुर्बपश्चिम राजमार्ग संगै डागीहाट गाबिसमा समेत ठुलो क्षति पु¥याउने उहाले बताउनुभयो । यसैबिच जिल्ला दैवि प्रकोप उद्धार समिति तेह्रथुमले पहिरोको जोखिममा परेका फुलेक चम्फूलाका ९ घर परिवारलाई राहत उपलब्ध गराउन प्रधानमन्त्री राहत कोषमा सिफारिस गरेको छ । समितिको म्याङ्लुङ्गमा बसेको बैठकले जोखिममा परेका परिवारलाई तत्काल राहत उपलब्ध गराउन सिफारिस गरेको हो ।
Tuesday, August 31st, 2010
बिराटनगर १५ भदौ । लिम्बुवान कार्यकर्ता बताउनेहरुले ताप्लेजुङ्ग फाकुम्वा १ बाट एक जनालाई अपहरण गरेका छन् । हिजो साझ आएका उनीहरुले स्थानिय ५३ बर्षिय धन बहादुर बनेमलाई अपहरण गरेका हुन् । अपहरणपछि बनेमलाई उनीहरुले नजिकैको मौवा खोला तर्फ लगेको स्थानियबासीलाई उद्धृत गर्दै पुर्ब क्षेत्रिय प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । बनेम भुतपुर्ब भारतिय सैनिक रहेको प्रहरीले जनाएको छ । उनीहरुले बनेमलाई किन अपहरण गरेको हो भन्नेबारेमा खुल्न सकेको छैन । आज बिहान स्थानियबासीले प्रहरी चौकी साघुमा खबर गरेपछि खटिगएको प्रहरी टोलीले संस्कास्पद क्षेत्रहरुमा खोजी कार्य जारी शुरु गरेको बताइएको छ ।
Tuesday, August 31st, 2010
संखुवाससभा १५ भदौ । चिन सरकारले नेपालका सिमावर्ती १० जिल्लाहरुलाई उपलब्ध गराउने खाद्यान्न संखुवासभा जिल्लाले असोजको पहिलो साता तिब्बतको नादाङ्गमा गएर बुझ्ने भएको छ । जिल्ला प्रशासन कार्यालयमा भएको सर्बदलिय बैठकले सो खाद्यान्न उत्तरी क्षेत्रका किमाथांका, हटिया चेपुवा र पावाखोला गाविसमा वितरण गर्ने निर्णय गरेको छ । चामल बुझ्न राजनैतिक दलका प्रतिनिधिहरुका अतिरित्त स्थानिय विकास अधिकारी, सुरक्षा निकायका प्रमुखहरु, तिब्बत जाने बताइएको छ । चीन सरकारले संखुवासभा, ताप्लेजुङ्ग, सोलुुखुम्बु, दार्चुला, हुम्ला, मुगु, डोल्पा, मुस्ताङ्ग, गोरखा र रसुवा जिल्लालाई ३ लाख युआन बराबरको खाद्यन्न सहयोग गर्ने गदै आएको छ । तर संखुवासभामा अघिल्लो वर्ष र यो बर्ष एकै पटक असोजको पहिलो हप्ता खाद्यान बझ्ने जनाएको छ । दुई वर्षको खाद्यान्नमा १ लाख केजी चामाल, ३० हजार केजी नून र ७७ हजार १ सय ४० केजी चिया रहेको निमित्त स्थानिय विकास अधिकारी लक्ष्मीप्रसाद निरौलाले जानकारी दिनुभयो । सन २००९ देखि सन् २०१३ सम्म चिन सरकारले सिमावर्ती जिल्लाहरुलाई सहयोग गर्ने भनि नेपाल सरकार संग सम्झौता भएको थियो ।
Tuesday, August 31st, 2010
काठमाण्डौ १५ भदौ । सबिधान निर्माण तर्फ दलहरुको ध्यान केन्द्रित गर्नका लागी दबाब दिने उदेश्यले नागरिक समाजले आज सबिधान सभा भबन अगाडि धर्ना दिने भएको छ । सबिधान निर्माणका लागी थप गरिएको १ बर्षको समय पनि त्यतिकै बित्ने अबस्था देखिए पछि त्यस तर्फ दलहरुको ध्यान केन्द्रित गर्न समाजले सबिधान सभाभबन अगाडि दिउसो साढे १ बजे पछि धर्ना दिन लागेको हो । सबिधान निर्माण कार्यलाई छाडेर दलहरु सत्ताप्राप्ति तर्फ केन्द्रित हुँदा सबिधान निर्माण कार्य ओझेलमा परेको छ ।
Tuesday, August 31st, 2010
काठमाण्डौ १५ भदौ । राजधानीमा जारी एकीकृत नेकपा माओवादी केन्द्रिय कमिटीको बैठकमा ३ वटा राजनितीक प्रतिबेदन माथि आज बाट केन्द्रिय सदस्यहरुले आफ्नो धारणा राख्ने भएका छन । प्रतिबेदन माथि पोलिटव्युरो सदस्यहरुले वोल्ने क्रम हिजो सकिए पछि आज बाट केन्द्रिय सदस्यहरुको बोल्ने क्रम सुरु हुने प्रबक्ता दिनानाथ शर्माले जानकारी दिनु भयो । बैठक अहिले केहीबेरपछि कोटेश्वर स्थित पार्टी कार्यालयमा सुरु हुनेछ । वहुसंख्यक पोलिटव्युरो सदस्यहरुले केन्द्रीय समितिमा प्रस्तुत तिन वटै प्रतिवेदनहरुलाई मिलाएर एउटा दस्तावेज वनाउन नेतृत्वलाई सुझाव दिएका छन् । केही सदस्यहरुले भने पार्टी क्रान्तिकारी धार छोडेर संसदिय अभ्यासतर्फ आर्कर्षित भएको भन्दै आलोचना गरेका छन । १ सय ४७ सदस्य रहेको केन्द्रिय समितीमा सबै सदस्यले प्रतिबेदन माथि आफ्नो धारणा राख्ने हुदाँ बैठक अझै केहि दिन सम्म लम्बीन सक्ने सा्रेतले बताएको छ ।
Tuesday, August 31st, 2010
काठमाण्डौ १५ भदौ । कालिकोटको भर्ता गाबिस १ मा गए रातीे तीन तले घर भत्किदा पाँच बालबालिकासहीत ७ जनाको मृत्यु भएको छ । गएराती साँढे ११ बजेतिर घर भत्किदा पुरिएका पर्व दमाईका १० वर्षीय छोरा रज दमाई, ७ वर्षीय छोरा अलि दमाई, ४ वर्षीया छोरी कालि दमाईको मृत्यु भएको हो । यस्तै घरमा पाउन आएका सुकाडिया गाउका ३७ वर्षीय कासे दमाई, उहाकी श्रीमति २५ बर्षिया नानी दमाई, ७ वर्षीया छोरी काली दमाई र ५ वर्षीय छोरा धर्म दमाईको मृत्यु भएको जनाइएको छ । घरले पुरिएर घरमुली पर्ब दमाई, उहाकी श्रीमति हरिशोभा दमाई तथा कासे दमाईका छोरा १२ बर्षिय नब दमाई घाईते हुनु भएको छ ।