Archive for July, 2010
Friday, July 30th, 2010
काठमाण्डौ १४ साउन । प्रधानमन्त्री चयनका लागी हुने तेश्रो चरणको निर्बाचनको समय आउन तीन दिन मात्र बाँकी रहेको बेला प्रधामन्त्रीका प्रतिस्पर्धी दल नेपाली कग्रेश र एकिकृत माओबादीले अन्य दलहरु सँगको छलफललाई तिब्रता दिएका छन । यसैक्रममा नेपाली कग्रेशले आज साना बाम दलहरु सँग छलफल गरेको छ । सिहदरबार स्थित ससदीय दलको कार्यालयमा भएको छलफमा कग्रेशका नेताहरुले आफ्ना पार्टीका उमेदवार रामचन्द्र पौडेललाई मत दिन साना बाम दलका नेताहरुलाई आग्रह गरेका छन । माओवादीले सहमति कार्यान्वयन नगरेकाले उसको नेतृत्व स्वीकार्य नहुनेमा नेताहरुले जोड दिएका छन । माओवादी सत्ता कब्जा गर्ने रणनीतिका साथ अघि बढेकाले कुनै पनि हालतमा उसलाई समर्थन नगर्न काङ्ग्रेस नेताहरुले साना दलका नेताहरुलाई आग्रह गरिएको छलफलमा सहभागी एक नेताले बताएका छन । छलफलमा नेकपा माले, नेकपा सयुक्त लगायतका दलका नेताहरुको सहभागीता रहेको थियो । पर्सी हुने निर्बाचनमा आफ्नो पक्षमा मतदान गर्न कग्रेशले दलहरु सँगको छलफलाई अगाडि बढाएको हो । यस्तै नेकपा माओबादीले पनि आज दिउसो साना दल तथा मधेशी मोर्चा सँग छलफल गर्ने तयारी गरेको छ ।
Thursday, July 29th, 2010
विराटनगर १३ साउन ः क्षेत्रिय ट्राफिक प्रहरी कार्यलय इटहरीले पुर्वाअञ्चलभरीका विद्यालयमा ट्राफिक सचेतना शुरु गर्ने भएको छ । सडक दुर्घटना बढ्ने क्रम भएपछि ट्राफिक सचेतना जगाउन सो कार्यक्रम गर्न लागिएको क्षेत्रिय ट्राफिक प्रहरी कार्यलय इटहरीका प्रहरी नायव उपरिक्षक विमाल बस्नेतले बताउनुभयो । सो कार्यलयले यस अधि पनि यस्ता प्रकारका सचेतना मुलक कार्यक्रम सञ्चालन गरेको थियो । सो कार्यक्रम अन्तरगत पहिलो चरणको लागि सप्तरी, झापा र मोरङमा ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गर्न लागिएको समेत बस्नेतले जानकारी दिनुभयो ।
Thursday, July 29th, 2010
काठमाडौँ, १३ साउन ः संयुक्त राष्ट्रसङ्घले स्वच्छ पानी तथा सरसफाइ अव हरेक मानिसको मुख्य मानवअधिकार भएको प्रस्ताव पारित गरेको छ । राष्ट्रसङ्घको यो प्रस्तावलाई बैठकमा सहभागि विभिन्न १ सय १२ देशहरूले समर्थन गरेका छन् । तर, ४१ राष्ट्रहरू भने बैठकमा अनुपस्थित थिए । बेलायत, अमेरिका, क्यानडा र अष्ट्रेलियाले मतदानमा भाग लिएनन् । चीन, रुस, जर्मनी, फ्रान्स, स्पेन र ब्राजिलले प्रस्तावको समर्थन गरेका थिए । साथै, दक्षिण एसियाली मुलुक भारत र पाकिस्तानले पनि प्रस्तावको समर्थन गरेका छन् । संयुक्त राष्ट्रसङ्घकाअनुसार, हरेक वर्ष पाँच वर्षभन्दा मुनिका १५ लाख बालबालिकाहरू पानी तथा सरसफाइको कारण मर्नेगरेका छन् । ८८ करोड ४० लाख मानिसका लागि सफा÷सुद्ध पिउने पानीको अभाव भएको राष्ट्रसङ्घको प्रस्तावमा उल्लेख छ ।
Thursday, July 29th, 2010
काठमाडौँ, १३ साउन ः पाकिस्तानमा १ सय ५२ जनाको ज्यान जानेगरी विमान दुर्घटना भएपछी आज पाकिस्तान सरकारले राष्ट्रिय शोक घोषणा गरेको छ । साथै, सरकारले दुर्घटनाको सम्भावित कारणबारे अनुशन्धान गरिने जनाएको छ । यद्यपी, अधिकारीहरूले भने नियोजित दुर्घटनाको कुनै सङ्केत नदेखिएको बताएका छन् । प्रधानमन्त्री युसुफरजा गिलानीले मन्त्रीपरिषद्को बैठकमार्फत हिजो यस्तो घोषणा गरेका हुन् । उनले दुर्घटनाका मृतकप्रति श्रद्धाञ्जली अर्पणगर्दै मृतकका आफन्तहरूप्रति समवेदना प्रकट गर्नुभएको छ । साथै, उनले हिजाको विमान दुर्घटनालाई एउटा दुखद् दुर्घटना भएको बताएका छन् । विमानभित्र यात्रारत १ सय ५२ जना यात्रुमध्ये दुर्घटनामा सबैको मृत्यु भएको थियो जसमध्ये, १ सय ४६ यात्रु र ६ जना चालक दलका सदस्य रहेका थिए ।
Thursday, July 29th, 2010
बिराटनगर , १३ साउन ः सडक निर्माणका लागि मोरङमाा आएको २२ लाख रुपैया फ्रिज भएको छ । गत आर्थिक बर्षमा अमाहीबरियाती, लक्ष्मनीया लगायतका गाविसहरुमा सडक निर्माणका लागि छुट्याएको २२ लाख रुपैया फ्रिज भएको छ । उपभोक्ता समितिमा भएको विवाद तथा जिल्ला विकास समिति मा हुने गरेको कामको ढिलासुस्तीका कारण सो रकम फ्रिज भएको हो । सडक निर्माण नहुँदा त्यस क्षेत्रका वासिन्दालाई आवत जावत गर्न कठिनाई भएको छ । सडक नवनेका कारण यातायात गर्न सामान ढुवानी गर्न समेत अफ्ठ्यारो भएको स्थानिय राम मण्डलले बताउनुभयो ।
Thursday, July 29th, 2010
इलाम १३ साउन ः इलामको प्रस्तावित सुकिलुम्वा विमानस्थल क्षेत्रभित्रका बासिन्दाले पाउने मुआब्जा नपाएको गुनासो गरेका छन । विमानस्थललाई आफ्नो सवै घर जग्गा रजिष्टेशन गरी दिएका त्यहाँका ३३ घर परिवारले आफुले पाउनुपर्ने मुआब्जा नपाएर अन्योलमा परेको गुनासो गरेका हुन् । स्थानीयले जग्गा, घर, गोठ, शौचालयजस्ता भौतिक संरचनाको मूल्याकंन गरी सवै रकम एकै साथ इलाम नगरपालिका मार्फत दिने भनिए पनि पहिलो पटक जग्गाको मात्र मूल्याकंन भएको घर, शौचालय, गोठजस्ता भौतिक संंरचनाको मुआब्जा अझैसम्म पाएका छैनन्् । जग्गाबाट ठुलो मूल्य पाउनेले अन्यन्त्र घरजग्गा जोडेपनि अधिकांशले अहिलेसम्म बसेको ठाउँ छाडन नसकेको स्थानीय चित्र भण्डारीले बताउनुभयो । इलाम नगरपालिकाले विमानस्थललाई आवश्यक दुई सय ६६ रोपनी जग्गाकोे एक करोड २६ लाख ७० हजार १ सय ७८ रुपैयाँ भुक्तानी गरी सकेको छ । सम्वन्धित निकायबाट रकम नआएका कारण स्थानीयवासीलाई घर गोठ र शौचालयको ५३ लाख रुपैयाँ दिन बाँकी रहेको नगरपालिकाले जनाएको छ । भौतिक संरचनाको मुआव्जा दिने रकम स्थानीय विकास मन्त्रालयले दिने भने पनि नदिएका कारण अहिलेसम्म तिर्न नसकेको विमानस्थल निर्माण आर्थिक समितिका संयोजक कमल मैनालीले बताउनुभयो ।
Thursday, July 29th, 2010
बीरगंज १३ श्रावण ः अज्ञात समूहको गोलि प्रहारबाट आज बिहान बारामा एकजना एकिकृत नेकपा माओवादीका कार्यकर्ताको हत्या भएको छ । पर्शुरामपुर १ बेलगावा निवासी ३८ वर्षिय केशरीप्रसाद यादव घरको छतमा सुतिरहेका बेला अज्ञात समूहले बिहान करिब दुई बजे दुई गोली प्रहार गरेर फरार भएको बताईएको छ । गोलीलागी गम्भिर घाइते भएका यादवको उपचारका लागि सदरमुकाम कलैया लाँदैगर्दा बाटोमै मृत्यु भएको हो । मृतक यादव वाइसिएलको क्षेत्र नम्बर दुईका इन्चार्ज र स्थानिय विद्यालय ब्यवस्थापन समितीका अध्यक्ष समेत रहनुभएको थियो । हत्याको कारण खुल्न नसकेको स्थानीय प्रहरीले बताएको छ । यसैबीच संयुक्त जनतान्त्रिक तराई मुक्ति मोर्चा अजाद समुहका बारा जिल्ला संयोजक बिक्रम सिंहले सञ्चारकर्मीलाई फोन गरी हत्याको जिम्मेवारी लिएका छन् । मोर्चा बिरुद्ध सुराकी गरेको आरोपमा यादवलाई कारवाही गरिएको सिंहले बताउनुभएको छ ।
Thursday, July 29th, 2010
काठमाण्डौं , १३ साउन ः काम चलाउ सरकारका सिचाई मन्त्री बालकृष्ण खाणले काग्रेसकै नेतृत्वमा सरकार बन्ने दावि गर्नुभएको छ । एमालेले लोकतान्त्रिक गठवन्धनलाई यथावत राखि काग्रेसलाई समर्थन गर्नै विश्वास गदै उहाले १७ गतेको निर्वाचनमा सरकार वन्ने वताउनुभयो । प्रेस युनियन रुपन्देहीले आज बुटवलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री खाणले १७ गते पनि सरकार गठन नभए नया शिराबाट अगाडि बढ्नुपर्ने बताउनुभयो । ‘१७ गते सरकार बन्नेमा कांग्रेस बिश्वस्त छ ‘ उहाले भन्नुभयो ‘ सरकार वन्न नसके नया तरिका अपनाउनु पर्दछ ।’ एमालेको ढुलमुले धारणाले केही सम्स्या रहेको भन्दै उहाले एमालेले सरकार गठनमा सहयोग गर्नेमा बिश्वास व्यक्त गर्नुभयो । सहमतिको नया शिराका लागि दुवै उमेद्बारले उमेद्बारी फिर्ता लिएर नयाउमेद्बार बनाउनुपर्ने उहाको भनाई छ । कांग्रेसका युवा नेता समेत रहनुभएका मन्त्री खाणले कांगे्रसमा नया कार्यशैली र व्यवस्थापनको खाचो रहेकाले १२ औ महाधिबेशनबाट परिवर्तन गरिने बताउनुभयो ।
Thursday, July 29th, 2010
काठमाण्डौं , १३ साउन ः नेपाली कांग्रेसका सहमहामन्त्री एवं प्रवक्ता अर्जुननरसिंह केसीले साउन १७ गते हुने तेस्रो चरणको निर्वाचनबाट पनि प्रधानमन्त्री चयन हुन नसके देशले दुर्भाग्य वेहोर्नुपर्ने बताउनु भएको छ । राजनीतिक दलहरु तेस्रो निर्वाचनमा पनि सरकार गठन गर्न असमर्थ भएमा संसदको वैद्धता र औचित्य माथि प्रश्न उठ्ने दावी उहाँको छ । नुवाकोटको विदुरमा आज प्रेस युनियनले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता केसीले सरकार विहीनताको अवस्था लम्विदै गए नयाँ प्रक्रियाको अभ्यास सुरु हुन सक्ने बताउनु भयो । लोकतन्त्रमा प्रक्रिया र पद्दतिको पूर्णता पालना हुनुपर्ने केसीको भनाइ थियो । कांग्रेसले कहिल्यै निषेधको राजनीति नगर्ने बताउने केसीले माओवादी शान्ति प्रक्रियाको एक पाटो भएकाले उसलाई सहमतिको राजनीतिमा ल्याउन कांग्रेसले प्रयास गरिरहेको बताउनु भयो । माओवादी लडाकू र हतियार विहीन नभएसम्म उसको नेतृत्व स्वीकार्य नहुने सबै पार्टीको निर्णयको कारण नेपाली कां्रग्रेसको नेतृत्वलाई सहयोग गर्ने विश्वास व्यक्त गर्दै केसीले छिट्टै कांग्रेस नेतृत्वमा सरकार गठन हुने दावी गर्नु भयो ।
Thursday, July 29th, 2010
काठमाण्डौं , १३ साउन ः एकीकृत नेकपा माओवादीले नयां सरकार गठनका विषयमा मधेशवादीदलहरुले राखेका सबै मागहरुमा लिखित प्रतिबद्धता जनाउने भएको छ । आज विहान पार्टि केन्द्रिय कार्यालय कोटेश्वर पेरिसडांडामा बसेको केन्द्रीय पदाधिकारीहरुको बैठकले मधेशी मोर्चाले राखेका मागहरु सकरात्मक भएको भन्दै मधेशका सबै मुद्धामा सहमति जनाउने निर्णय गरेको हो । बहुमतको सरकार गठनका लागि महत्वपुर्ण मानिएका मधेशवादी दलहरुलाई आफ्नो पक्षमा समर्थन गर्नका लागि गत आइतबार भएको छलफलका आधारमा तयार पारेको लिखित प्रतिबद्धतालाई बैठकले अन्तिम रुप दिएको उपाध्यक्ष नारायणकाजी श्रेष्टले बैठकपछि जानकारी दिनु भयो ।मोर्चाको आधार पत्रको सम्बन्धमा तयार पारेको लिखित प्रतिबद्धतालाई मोर्चास“ग वार्ताका क्रममा प्रस्तुत गरिने उपाध्यक्ष श्रेष्ठले बताउनु भयो । दुइै पटक सम्म भएको प्रधानमन्त्रीको निर्बाचनमा तथस्ट बसेको मोर्चाले जसले आफ्नो आधार पत्रमा लिखित प्रतिबद्धता जनाउछ उसैलाई सहयोग गर्ने बताए पछि माओबादीले लिखित प्रतिबद्धता तयार गरेको हो । बिगतमा आफ्नो पार्टीले तयार पारेको सहमतीको आधार पत्र र मधेशी मोर्चा सँग भएको छलफलका आधारमा प्रतिबद्धता पत्र तयार गरिएको जनाएको छ । मोर्चाले अघि सारेको माग मध्ये मधेश एक स्वायत्त प्रदेश, लडाकुको समायोजन अबधि, सख्या तोक्ने र सबिधानमा बहुलबाद बाहेकका बिषयमा माओबादी सहमत रहेको छ । तर मधेसी मोर्चाले तयार पारेको आधार पत्रका धेरै जसो बुदाहरुमा सकारात्मक रहेको कग्रेशले लिखित प्रतिबद्धता भने तयार गर्न सकेको छैन । मोर्चामा आबद्ध सदभाबना, तराई मधेश लोकतान्त्रिक पार्टी, मधेसी जनअधिकार फोरम( लोकतान्त्री), र मधेशी जनअधिकार फोरम सँग ससदमा ८२ सिट रहेको छ । मोर्चाको माग प्रति लिखित प्रतिबद्धता जनाउने भए पछि माओबादी र मधेशबादी गठबन्धनको सम्भाबना बढेको छ । यसैवीच सरकार गठनका लाग दलहरु अनिर्णित अवस्थमा रहको बेला अमेरिकी राजदुतले राजनीतिक भेटवार्तालाई तिब्रता दिएका छन् । यसक्रममा राजदुत स्कट एच डेलिसीले आज एकिकृत नेकपा माओबादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसंग भेटबार्ता गर्नु भएको छ । पार्टी कार्यालय कोटेश्वरमा भएको भेटबार्तामा मुलुकको पछिल्लो राजनीतिक अबस्था, प्रधानमन्त्री चयनमा दलहरुबीच देखिएको मनमुटाब, अमेरिकाले माओबादीप्रति हेर्ने दृष्टिकोण लगायतमा छलफल भएको बताइएको छ । यहि १७ गतेका लागी तय भएको प्रधानमन्त्रीको निर्बाचनलाई सहमतीको आधारमा टुगो लगाउने प्रयास स्वरुप भारतीय, अमेरिकी र बेलायती राजदुतहरुले सक्रियता बढाएका छन् ।