On Air

Mid Hindi Film
AT 8:00 pm

दक्षिण अफ्रिकामा जारी बिश्वकप फुटबल अन्तर्गत आज अन्तिम सेमिफाइनलको खेल हुँदै , आजको खेलमा जर्मनि र स्पेन भिड्ने

बिराटनगर असार २३ । दक्षिण अफ्रिकामा जारी बिश्वकप फुटबल अन्तर्गत आज अन्तिम सेमिफाइनलको खेल हुँदैछ । आज मध्यरातमा हुने सो खेलमा जर्मनि र स्पेन भिड्दैछन् । आजको खेलमा जर्मनी सन २००८ को युरो कपमा ब्यहोरेको पराजयको वदला लिने दाउमा रहनेछ । पछिल्लो तीन वटै विश्वकपमा समेत जर्र्मीनीले स्पेनसँग पराजय ब्यहोरेको छैन । यसैबिच गएराति सम्पन्न पहिलो सेमिफाइनल खेलमा बिजयी हुँदै नेदरल्याण्ड विश्वकप फुटवलको फाइनलमा प्रवेश गरेको छ । दक्षिण अमेरिकी प्रतिद्धन्दी उरुग्वेलाई ३–२ गोल अन्तरले पराजित गर्दै नेदरल्याण्ड विश्वकपको उपाधि नजिक पुगेको हो । साउथ अफ्रिकाको केपटाउनस्थित ग्रिनफाइन स्टेडियममा नेदरल्याण्ड लाई विजयी बनाउन जिओभानी भान ब्रोङ्खस्रटले १८ औं, वेस्ले स्नेइडरले ७० औं र आर्जन रोबेनले ७३ औं मिनेटमा गोल गरेका थिए । पराजित टिमका लागि उरुग्वेका डिएगो फोर्लानले ४१ औं र म्याक्सि मिलानाले एक गोल गरेका थिए । उरुग्वेको पराजयसँगै दक्षिण अमेरिकी टोलीको अघिल्लो चरणको प्रवेशको सभांवना समाप्त भएको छ । जितपछि डच प्रशिक्षक बर्टभान मार्विज्कले आफूहरु फाइनलमा पुगेको प्रति अझै विश्वास नलागेको प्रतिक्रिया दिएका छन् । उनले दुई बर्षअघि आफूले टोली सम्हाल्दा खेलाडीलाई डच टोली विश्वकपको मिसनमा रहेको कुरा बताएको स्मरण गर्दै उपाधि जित्न कुनै कसर बाँकी नछाड्ने बताएका छन् । यस्तै उरुग्वेका प्रशिक्षक ओस्कर टाबारेजले नतिजाले आफूहरुलाई स्तब्ध पारे पनि खेलाडीको प्रर्दशनले गर्व गर्न ठाउँ रहेको बताए । अपराजित नेदरल्याण्डले विश्वकपको उपाधिको लागि जर्र्मीनी र स्पेनबीच आज हुने खेलको विजेतासँग प्रतिष्पर्धा गर्नेछ ।

No Comments

Categories News, Sports | Tags:

You can follow any follow up comments to this entry through the RSS 2.0 feed.


Leave a Reply

You can use these tags: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

By submitting a comment here you grant BFM a perpetual license to reproduce your words and name/web site in attribution. Inappropriate or irrelevant comments will be removed at an admin's discretion.