खेलकुद पदाधिकारीको राजिनामा
तेह्रथुम १३ साउन । राष्ट्रिय खेलकुद परिषदको काम–कारवाही प्रति असन्तुष्टी जनाउदै जिल्ला खेलकुद विकास समिति तेह्रथुमका पदाधिकारी र सदस्यहरुले सामुहिक राजिनामा दिएका छन् । समितिका अध्यक्ष सहित सवै १० जना सदस्यहरुले राष्ट्रिय खेलकुद परिषदसमक्ष सामुहिक राजीनामा दिएका हुन् । पटक–पटक ताकेता गर्दा पनि राखेपले जिल्ला खेलकुद विकास समितिमा कर्मचारी नपठाएकाले खेलकुद सम्वन्धि गतिविधि संचालन गर्न नसकिएपछी पदवाट सामुहिक राजिनामा दिएको समितिका अध्यक्ष निरकुमार सम्वाहाम्फेले जानकारी दिनुभयो । जिल्ला खेलकुद विकास समितिमा सचिव सहित ३ जना कर्मचारीको दरवन्दी भए पनि वर्षौदेखी राखेपले कर्मचारी नखटाएको अध्यक्ष सम्वाहाम्फेको आरोप छ । जिल्ला खेलकुद विकास समितिमा सचिव नहुदा समितिको आर्थिक गतिविधि र कार्यालय संचालनमा ठप्प भएको छ । जिल्ला खेलकुद विकास समिति तेह्रथुममा १ सचिव, १ सहायक सचिव र १ जना भलिवल प्रशिक्षकको दरवन्दी भए पनि वर्षौदेखी राखेपले काजमा अन्यत्र खटाउने गरेको सम्वाहाम्फेको भनाई छ ।
Categories News, Sports | Tags:
You can follow any follow up comments to this entry through the RSS 2.0 feed.



Leave a Reply
By submitting a comment here you grant BFM a perpetual license to reproduce your words and name/web site in attribution. Inappropriate or irrelevant comments will be removed at an admin's discretion.