Archive for July, 2010
Saturday, July 31st, 2010
काठमाण्डौं , १५ साउन ः नेकपा एमालेका प्रभावशाली नेता केपी शर्मा ओलीले एकीकृत माओवादीले हतियारको मोह नत्यागेसम्म उसले सरकारको नेतृत्व गर्न नसक्ने बताउनु भएको छ । उहााले माओवादीले अन्य पार्टी सरह निशस्त्र नभएसम्म उसलाइ विस्वास गर्न नसकिने समेत उल्लेख गर्नुभयो । राजधानीमा आज आयोजित एक कार्यक्रममा नेता ओलीले अर्काको सम्पति कब्जा गरेर क्रान्तिकारी कुरा गर्ने माओवादीलाइ विस्वास गर्न नसकिने बताउनु भएको हो । उहाँले प्रधानमन्त्री बन्नका लागि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रिय र अन्तराष्ट्रिय शक्ति केन्द्रलाई रिझाउन लागिपरेको समेत आरोप लगाउनुभयो । नेता ओलीले तेश्रो पटक हुन लागेको प्रधानमन्त्रीको निर्वाचनमा समेत परिणाम नआउने दावी गर्नुभयो । उहाँले त्यागका कुरा गरेपनि पार्टी अध्यक्ष झलनाथ खनाल पदको पछाडी लागेको आरोप लगाउर्दै पार्टीको निर्णय विपरीत अध्यक्ष खनाल हिडेको समेत लगाउनुभयो । उहाँले अध्यक्षले केन्द्रीय कमिटी बैठक नबोलाएर अर्कै बाटो हिड्न खोजेको आशंका समेत व्यक्त गर्नुभयो । पार्टीले छिट्टै केन्द्रीय कमिटीबाट निर्णय गरेर मुलुकलाई निकास दिने समेत स्पष्ट पार्नुभयो । कार्यक्रममा यस वर्षको एसएलसी परिक्षामा सर्वोत्कृष्ट हुने विद्यार्थीलाई सम्मान गरिएको थियो ।
Saturday, July 31st, 2010
काठमाण्डौं , १५ साउन ः एकीकृत नेकपा माओवादीले मधेशबादी मोर्चाले प्रस्तुत गरेको आधार पत्रमाथि आफ्नो अवधारणा पत्र आज बुझाएको छ । एकिकृत नेकपा माओबादी र मधेशी मोर्चाबीच केही बेरअघिसम्पन्न छलफलमा माओवादीले आफ्नो अवधारणा बुझाएको हो । माओवादीको अवधारणाको बारेमा अहिले मधेशी मोर्चाको छलफल भइरहेको छ । मोर्चाले आन्तरिक छलफल गरी माओवादी नेतृत्वको सरकारलाई मसर्थन गर्ने नगर्ने भन्नेमा जवाफ पठाइने जनाइको छ । सत्ताका लागी निर्णायक मानिएको मोर्चाले जसले आफुहरुको आधारपत्रमा लिखित स्पष्ट र निकटको प्रतिबद्धता जनाउदछ उसैलाइृ प्रधानमन्त्री निार्वचनमा समर्थन गर्ने बताउदै आएको छ । सबिधान सभामा ८२ सिट सख्या रहेको मोचोको समर्थैन पाएमा माओबादीलाई सजिलै बहुमत प्राप्त हुन्छ भने कग्रेशलाइ एमालेका पनि अन्य दलको पनि समर्थन आबश्यक पर्दछ ।
Friday, July 30th, 2010
काठमाण्डौ १४ साउन । पाकिस्तानमा मनसुनि बर्षाका कारण विभिन्न स्थानमा आएको बाढीबाट १ सय जना भन्दा बढीको मृत्यु भएको छ । पाकिस्तानको उत्तर –पश्चिम क्षेत्रका प्रायसबै नदीमा बाढी आएको र माटोले बनेका धेरै घरहरु बगाएको पाकिस्तानी समाचार संस्थाहरुले जनाएका छन् । पाकिस्तानको गृह मन्त्रालयले मुलुकको उत्तर–पश्चिम क्षेत्रमा ८ दशक यता आएको सबैभन्दा ठुलो यो बाढीबाट १ सय जना भन्दा बढीको मृत्यु भएको उल्लेख गर्दै थुप्र बेपत्ता भएको जानकारी दिएको छ ।
Friday, July 30th, 2010
काठमाण्डौ १४ साउन । इराकको राजधानी बग्दादमा भएको पछिल्लो हिंसामा १६ जनाको मृत्यु हुनुका साथै ३४ जनाभन्दा बढी घाइते भएका छन् । बग्दादको उत्तर स्थित सुन्नी मुसलमानको बाक्लो बस्ती भएको अदाहमियामा अज्ञात समुहको गोलीप्रहारबाट ३ जना सुरक्षाकर्मिको मृत्यु भएको बि.बि.सीले उल्लेख गरेको छ । यसैगरि मध्य बग्दादमा भएको बम विस्फोटबाट ६ जना सुरक्षा कर्मि सहित १३ जनाको ज्यान गएको छ । यता प्रजातान्त्रिक जनगणतन्त्र कङ्गोमा डुँगा दुर्घटना भएर डुबेका १ सय ४० यात्रुको मृत्यु भएको आशंका गरिएको छ । कङ्गोको राजधानी किन्सासाबाट पश्चिमस्थित बुन्दुन्दु प्रान्तको कासाइ नदीमा भएको यो दुर्घटनामा ८० जनाको मृत्यु भईसकेको संचार मन्त्रालयले पुष्टि गरेको बि.बि.सीले जनाएको छ ।
Friday, July 30th, 2010
विराटनगर, १४ साउन । खोटाङबाट एक महिनाअघि बेपत्ता भएकी एक युवतीलाई भारतीय प्रहरीले फेला पारी विराटनगर स्थित सीमा प्रहरीलाई बुझाएको छ । सुन्तले–९ की २० वर्षीया तुलसा राईलाई भारत तर्फको प्रहरीले फेला पारेर हिजो सीमा प्रहरीमा बुझाएको हो । युवतीका विराटनगरमा रहेका आफन्त खोजेर जिम्मा लगाइएको मोरङ प्रहरीले बताएको छ । गत असार १२ गतेदेखि उनी घरबाटै बेपत्ता भएकी थिइन् ।
Friday, July 30th, 2010
विराटनगर, १४ साउन । विराटनगर–३ का औषधी ब्यवसायी राजिव जोशीलाई गएराति एक समुहले लुटपाटको प्रयास गरेको छ । पसल बन्द गरेर घर तर्फ जाने क्रममा राति ९ बजे दुई जनाले लुट्ने प्रयास गरेपछि जोशीले तत्काल प्रहरीलाई फोन गरेको मोरङ प्रहरीले जनाएको छ । प्रहरीको भेन तुरुन्तै पुगेकाले लुटेराहरु हतियार छाडेर भागेका थिए । लुटेराले छाडेको पेस्तोल, मोबाइल र चप्पल बरामद गरिएको मोरङ प्रहरीले जनाएको छ ।
Friday, July 30th, 2010
काठमाण्डौ १४ साउन । नेपाल विद्युत प्राधिकरण र कर्मचारी सञ्चय कोषबीच माथिल्लो तामाकोशी जलविद्युत आयोजना सम्बन्धि सम्झौतामा आज हस्ताक्षर हुने भएको छ । कोष सन्चालक समितीको हिजो बसेको वैठकले १० अर्व रुपैया ऋण दिन अन्तीम स्विकृती दिएको हो । कोषले १० अर्व रुपियाँ ऋण उपलब्ध गराउन सम्झौता पत्रमा आज विहान ११ बजे हस्ताक्षर हुनेछ । उक्त ऋण माथिल्लो तामाकोसीले पहिलो किस्ता लगेको ५ वर्षपछि तिर्न सुरु गर्नेछ । सम्झौता गरेपछि तामाकोसी आयोजनाले हरेक तीन महिनामा तिदै ४० किस्ता भित्र ऋणको साँवा र ब्याज भुक्तानी गर्नुपर्नेछ ।
Friday, July 30th, 2010
बिराटनगर, साउन १४ । उपप्रधान तथा परराष्ट्र मन्त्री सुजाता कोइरालाले दलहरु बीच सहमति कायम भए मुलुकलाइ नयाँ प्रधानमन्त्री दिन समस्या नहुने बताउनु भएको छ । उहाँले मुलुकलाइ अनिर्णयको बन्दी नबनाइ तत्काल निकास निकाल्नु पर्नेमा जोड दिनुभयो । प्रेश युनियन मोरङले आज बिहान आयोजना गरेका कार्यक्रममा उपप्रधानमन्त्री कोइरालाले बहुमतिय सरकार २ पटक सम्म असफल भइसकेकाले अबको सरकार सहमतिको हुनु पर्ने र त्यसको नेतृत्व नेपाली काँग्रेसले गर्नु पर्ने बताउनु भयो । उहाँले आँफु १३ महिना सम्म उपप्रधानमन्त्री हँदा बहुमतिय सरकारका कारण जनताको बीच गइ उल्लेखनीय काम गर्न नसकेको स्वीकार गर्नु भयो । अब राजनितिक दलका नेताले कुर्सीको मोह त्यागी जनताको बिचार अनुशार अगाडी बढ्न उहाँले सुझाब दिनु भयो । नेपाली कंग्रेसकी केन्द्रीय सदस्य समेत रहनु भएकी कोइरालाले कंग्रेस बिना कुनै पनि दलले केही गर्न नसक्ने दाबि गर्नु भयो । उहाँले भन्नुभयो ‘ अहिले जे जती काम भएका छन सबै कंग्रशले नै गरेको छ । ’ माओबादीले बाइसिएलको अर्ध सैनिक संरचना त्यागी सहमतिमा आए उसको नेतृत्व कंग्रेसलाइ स्वीकार्य हुने बताउनु भयो ।
Friday, July 30th, 2010
काठमाण्डौ १४ साउन । अन्तराष्ट्रिय अपराधिका रुपमा चर्चित फ्रान्सेली नागरिक चाल्र्स शोभराज गुरुमुख बिरुद्धको मुद्धामा आज सर्बाेच्चमा फैसला हुने भएको छ । अन्य कुनै कारण उत्पन्न नभए सम्भबत आज फैसला हुने सर्वोच्चका प्रवक्ता हेमन्त रावलले जानकारी दिनुभएको छ । यस अघि असार ३० गते त्यस मुद्धाको फैसला मिती तोकिएको थियो । त्यस दिन मिसिल, प्रमाणको अध्ययन र मुल्याङकन गर्न समय अपुग भएको भन्दै इजलासले फैसला स्थगीत गरि आजका लागी सारिएको हो । पाटन पुनराबेदन अदालतले सर्बस्व सहित जन्मकैदको फैसला सुनाइ सकेको शोभराजको मुद्धामा सर्बाेच्चमा परेको पुनराबेदन माथि फैसला हुन लागेको हो । दुई बिदेशी नागरिकको हत्या गरि फरार रहेका सोभराज पछिल्लो पटक २०६० असोज ३ गते काठमाण्डौमा पक्राउ परेका हुन । यसैगरी प्रधानमन्त्री पदका लागि संसदमा भएको निर्वाचनमा एमाले अध्यक्ष झलनाथ खनालको उम्मेदवारी फिर्ता लिने निर्णय गैरकानूनी भन्दै सर्वोच्च अदालतमा दायर भएको रिटमाथि आज पनि सुनुवाइ जारी रहने भएको छ । हिजो सुनुवाइको क्रम नसकिएकाले आज फेरि सुनुवाई अघि बढाइने सर्वोच्चका प्रवक्ता हेमन्त रावलले जानकारी दिनुभयो । एमाले वरिष्ठ नेता माधवकुमार नेपालले संसदको बैठकमा ४ सय १ सभासदको लिखित सहमति प्राप्त नभएको भन्दै उम्मेदवारी फिर्ता लिनु संविधान विपरित भएको भन्दै अधिवक्ता भविश्वर गुरुङ र कुमार शर्मा आचार्यले रिट दायर गर्नुभएको थियो ।
Friday, July 30th, 2010
काठमाण्डौ १४ साउन । एकीकृत नेकपा माओवादीले संयुक्त मधेशी मोर्चाले माग गरेको आधार पत्रकोे लिखित प्रतिबद्धता पत्र आज बुझाउने तयारी गरेको छ । मधेशी मोर्चाको आधारपत्र सम्बन्धमा हिजो आफ्नो धारणा तय गरेको माओवादीले आज मोर्चासंगको वाताृका क्रममा लिखित प्रतिबद्धता बुझाइने जनाइएको छ । वार्ताको समय भने तय भई नसकेको माओबादीका एक नेताले बताएका छन । प्रधानमन्त्री चयनका लागि भएको दुई चरणको निर्वाचनमा कांग्रेस र माओवादीका उमेदवारले स्पष्ट वहुमत प्राप्त नगरेकोले तेस्रो चरणको निर्वाचनमा सहभागीताको लागि मधेशी मोर्चाले आफूहरुका मागमा लिखित प्रतिवबद्धता मागेको थियो । माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले मोर्चाका मागवारेमा माओवादीले पार्टीको नीति सिद्धान्त भित्र रहेर सम्वाधन गर्ने प्रयत्न गरेको जानकारी दिनुभयो । मोर्चासँगको छलफलसँगै लीखित धारणा सार्वजनिक गरीने बताइएको छ । मधेश केन्द्रीत दलहरुले उठाएका मागसंग माओवादी नजिक रहेकोले मधेशी दलहरुले आफुलाई समर्थन गर्नेमा माओवादी विश्वस्त रहेको छ । निर्णायक भुमीकामा रहेका मधेशी मोर्चाले अगाडी सारेका मुद्यावारे लिखीत जवाफको तयारीका लागि दुवै दलले गृहकार्यलाई तीव्रता दिएपनि कांग्रेसले भने लीखित जवाफको आवश्यकता नरहेको बताउदै आएको छ ।