Archive for June, 2010
Tuesday, June 29th, 2010
इटहरी जेठ १४ गते । सुनसरी जिल्लाको कोशिटप्पु मध्यवर्ति क्षेत्रका सयौ किसानहरुले विकल्पका रुपमा सुर्यमुखि फुलको व्यवसायिक खेति सुरु गरेका छन् । सुनसरी जिल्लाको कुशहा, अमडुवा, हरिपुर, लौकही, मधुवनलगायत दर्जर्नाै गाविसका अगुवा किसानहरुले १ हजार विगाहा भन्दा बढीमा सुर्यमुखिफुलको व्यवसायीक खेति गरेका छन् । छिमेकि मुलुक भारतको विरपुर लगायतको स्थानमा यसको व्यावसायिक खेति देखे पछि सुनसरीका किसानहरु समेत सुर्यमुखि फुलको खेति प्रति आकर्षित भएको जिल्ला कृर्षि कार्यालय सुनसरीका प्रमुख सर्वजित यादवले जानकारी दिनुभयो । मुख्यत तेल उत्पादनका लागि उद्योगहरुवाटै यसको माग बढेपछि स्थानिय किसानहरु यसको खेति तर्फ आकर्षित भएको यादवले जानकारि दिनु भयो । भारतिय बजारवाट छ सय रुपैया प्रति केजि सुर्यमुखिफुलको विउ किसानहरुले खरिद गरेर ल्याउने गरेका छन् । सुनसरीका किसानहरुले आफ्नै स्रोत र साधनवाट यसको खेति सुरु गरेपनि सरकारले सिचाई र प्रविधिकको आवस्य सहयोग जुटाई दिए आझ वढी उत्पादन हुन सक्ने अगुवा किसानहरुले दावि गरेका छन् ।
Tuesday, June 29th, 2010
फिदिम १५ असार । पाँचथर सदरमुकाम फिदिमदेखि सामदिन मायालुमोड, चोकमागू, सिवा र नवमीडाडा हुदै घुर्विसे पञ्चमी जोड्ने कृषि सडक निर्माण कार्य सम्पन्न भएको छ । विगत दश बर्ष अघि निर्माण कार्य प्रारम्भ भई जिल्ला विकास समिति पा“चथरको करिव एक करोड लगानीमा उक्त सडक निर्माण कार्य सम्पन्न भएको हो ।सडक निर्माण पुरा भएपछि फिदिम मायालु मोडवाट घुर्विसे पञ्चमिसम्म बाटो जोडिएको हो । कृषी सडक निर्माण कार्य सम्पन्न भएपछि स्थानिय उपभोक्तालाई धान, पराल, काठ, दाउरा,ढुङ्गा, वालुवा जस्ता सामग्री ओसार पसार गर्न सजिलो भएको छ । झापाको दमकबाट फिदिम जोड्ने वैकल्पीक मार्गको रुपमा लिइएको उक्त कृषी सडक निर्माण कार्य सम्पन्न भएपनि वीचमा पर्ने निबुखोलामा पुल भने निर्माण भएको छैन । यसैबिच पाँचथरको एकतिन र याङनाम गाँउ विकास समितिलाई सिमाना छुट्याएर वग्ने हेवाखोलाको फागुटार दोभानमा करिव ६० मिटर लामो झोलुङगे पुल निर्माण कार्य पुरा पनि भएको छ । श्रीजंंगा ग्रामिण विकाश केन्द्र पाँचथरको प्राविधिक तथा जिल्ला विकास समिति र गाँउ विकास समितिको आर्थिक सहयोगमा निर्मित उक्त पुल निर्माण कार्य सकिएको हो ।
Tuesday, June 29th, 2010
विराटनगर, असार १४ । परिक्षाको तालीका त्रुटीपूर्ण भएकोले सच्याउन माग गर्दै हिजोदेखी पूर्वाञ्चल विश्वविद्यालयको रजिष्टारको कार्यकक्षमा विद्यार्थी संगठनहरूले गरेको तालावन्दी आज पनि जारी छ । तीन वटा समेष्टरको विभिन्न परिक्षाहरू एकै दिन राखेर पुरक परिक्षा दिनु पर्ने विद्यार्थीलाई विश्वविधालयले समस्यामा पारेको भन्दै बिद्यार्थी संगठनहरुले तालावन्दी गरेका हुन् । बिद्यार्थी संगठनहरुले एकै दिनमा परिक्षा तालिका पार्दा बिद्यार्थीहरुलाई परिक्षा दिन गा¥हो हने भएकाले सो तालिका सच्याउन माग गरेका छन् । उनीहरुले एउटै बिद्यार्थीले तिनवटै परिक्षा दिने समेत रहेकाले सो तालिका सच्याउनुपर्ने बताएका छन् । विश्वविद्यालयले आफनो परिक्षाको तालीका परिमार्जन नगरेसम्म तालावन्दी यथावत रहने अनेरास्वबियुका केन्द्रिय सदस्य आलमले जानकारी दिनुभयो । तालावन्दीमा सवैजसो विधार्थी संगठनहरूको समर्थन रहेको उहाले बताउनुभयो । उता ब्यवस्थापन पक्षले पारिश्रमिक नदिएको बिरोधमा मोरङ्गको हात्तिमुढा स्थित पायनिर केवुलका मजदुरहरुले दुई दिन अघिबाट शुरु गरेको धर्ना आज पनि जारी छ । आजपनि धर्नामा ४० जना जती मजदुर बसीरहेको जिल्ला प्रहरी कार्यालय मोरङ्गले जनाएको छ ।
……………………..
Tuesday, June 29th, 2010
काठमाण्डौ १५ असार । उप्रपधान मन्त्री विजय कुमार गच्छदार सहीत करिब आधा दर्जन मन्त्रीहरुले आज नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल सँग भेटवार्ता गरेका छन् । एमाले अध्यक्ष झलनाथ खनालको निवास डल्लुमा भएको भेटमा सरकारले ल्याउन लागेको निती तथा कार्यक्रम तथा राष्ट्रिय सहमतिको सरकारको नेतृत्व बारे छलफल भएको भेटमा संलग्न एक मन्त्रीले जानकारी दिनुभयो । भेट पछि संचारकर्मी सँग कुरा गर्दै उपप्रधानमन्त्री गच्छदारले राजनैनीतक निकास निकाल्न एमोलले प¥याप्त प्रयास नगरेको आफुले खनाललाइ बताएको जानकारी दिनुभयो । मन्त्री गच्छदारले तिन बुदेँ कार्यन्वयन तथा बजेट अधिवेशन बारे छलफल भएको बताउनुभयो । उहाँले तिन दलले निकास निकाल्न नसके आफुहरु राष्ट्रिय सहमतिको सरकारको नेतृत्व लिन तयार रहेको खनाललाइ बताएको एक मन्त्रीले जानकारी दिनुभयो । खनालले भने बहुमतिय सरकार असफल भइसकेकाले अब राष्ट्रिय सहमतिको सरकार निमार्ण गनुपर्ने बताउनुभएको थियो । उहाँले सरकारको कार्यशैली तथा काम कारवाहि प्रति समेत असन्तुष्टि जनाउनु भएको थियो । केही दिन अघि मात्र साता दिनमा नयाँ सरकार बन्ने बताएका खनाललाइ गच्छदारले भने सरकारी निती तथा कार्यक्रम र नयाँ सरकार निमार्ण माओवादी सँग विस्तृत छलफल गर्न आग्रह गर्नुभएको थियो । छलफलमा मन्त्रीहरु सवेन्द्र नाथ शुक्ल, प्रेम बहादुर सिंह, मिनेन्द्र रिजाल, प््रकाश शरण महत, डम्बर श्रेष्ठ, महेन्द्र यादव लगायतकाको समेत सहभागिता रहेको थियो । गच्छदारले आजै काँग्रेस तथा माओवादीका नेताहरु सँग समेत छलफल गर्ने बुझिएको छ ।
Tuesday, June 29th, 2010
काठमाण्डौ १५ असार । चिनीया कम्म्युनिष्ट पार्टीको निमन्त्रणमा एकीकृत माओबादीको उच्चस्तरीय टोली आज चीन भ्रमणका लागि ल्हासातर्फ प्रस्थान गरेको छ । १० दिने भ्रमणका शिलशिलामा उच्चस्तरिय टोलवी त्यसतर्फ प्रस्थान गरेको माओवादीले जनाएको छ । उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशको नेतृत्व रहेको उक्त टोलीमा बिदेश बिभाग प्रमुख कृष्ण शहादुर महरा, पोलिटव्युरो सदस्यहरु हितराज पाण्डे, लोकेन्द्र बिष्ट, सन्तोष बुढामगर, खगराज भट्ट, पवनमान श्रेष्ठ तथा सभासद्हरु गरी ११ सदस्यीय रहेका छन् । भ्रमण पूर्ण रुपमा राजनीतिक भएको र त्यहाँ रहंदा चिनीया कम्युनिष्ट पार्टीका उच्च नेताकासाथै सरकारी अधिकारीहरुसंग पनि भेटघाट हुने माओवादीले जनाएको छ । भ्रमणमा दुई देशवीचको सम्बन्धकासाथै दुईपार्टीवीचको सम्बन्धको बारेमा छलफल हुने माओवादी उपाध्यक्ष प्रकाशले बताउनु भयो । चीनमा बिभिन्न स्थानहरुको अवलोकन भ्रमणगर्नुका साथै, नेपालको पूर्बाधार बिकासमा चिनीया लगानी प्रबद्र्धनका बारेमा पनि छलफल हुने बताईएको छ ।
Tuesday, June 29th, 2010
काठमाण्डौ १५ असार । संविधान सभाका अध्यक्ष सवास चन्द्र नेम्वाङले जेठ १४ गते तिन दल बिच भएको सहमति कार्यन्वयन नहँुदा वर्षे अधिवेशन शंकाको घेरामा परेको बताउनु भएको छ । पूर्व सांसद क्लब द्धारा आयोजीत कार्यक्रममा नेम्वाङले सहमति कार्यन्वयन नभए संविधान पारित हुन दुइ तिहाइ नपुग्ने र थपीएको समयमा समेत संविधान जारी हुन नसक्ने बताउनुभयो । उहाँले वर्षे अधिवेशन मार्फत सरकारको निती तथा कार्यक्रम पारित हुनेमा समेत शंका व्यक्त गर्दै संविधान सभाको समय ब्यर्थमा नाराबाजीमा खेर जान सक्नेमा सचेत हुन दलहरुलाइ आग्रह गर्नुभयो । उहाँले संविधान निमार्णका लागी दलहरु मिल्नुको विकल्प नभएको उल्लेख गर्दै पछि मिल्नुका साटो तत्कल सहमति गरी जनतालाइ राहत प्रदान गर्न समेत प्रमुख दलहरुलाइ आग्रह गर्नुभयो । उहाँले संविधान निमार्ण गर्ने एक महिनाको समय घर्केको भन्दै दलहरुलाइ सचेत हुन आग्रह गर्नुभयो । पूर्व सांसद क्लबले बाहालवाला सांसद र पूर्व सांसद बिचको एकता कायम गरी नयाँ सांसद मन्च गठन गर्न छलफल आयोजना गरेका हुन् । सांसदहरुलको छलफलमा संस्कृती मन्त्री मिनेन्द्र रिजाल समेत सहभागि हुनु भएको थियो ।
Tuesday, June 29th, 2010
इलाम, १५ असार । इलामको पूर्वी कोल्बुङ्ग जिर्मले सडक खण्ड अन्तर्गत कन्याम ४ मा ट्याक्टरले किचेर एक बालकको मृत्यू भएको छ । आज विहान ११ बजे सडकमा रोकिराखेको ट्याक्टरको गियर चलाउदा स्थानीय ९ वर्षीय कुशल भुजेलको त्यही ट्याक्टर गुडेर किच्दा घटनास्थलमै मृत्यू भएको प्रहरीले जनाएको छ । यता बिराटनगर ५ स्थित राजबंशी चौकमा माइक्रोबसले ठक्कर दिदा १४ बर्षिय बालक घाइते भएका छन् । आज मध्यान्ह को १ ज ८७७ नम्बरको माइक्रोबसले ठक्कर दिदा बिराटनगर तिनटोलियाका बर्ष १४ का अनिल भण्डारी घाइते भएका हुन् । बालक भण्डारीलाई उपचारका लागी न्युरो अस्पताल बिराटनगर लगिएको छ बालकका आफन्तहरुले बसलाई जलाई दिएका छन् । घटनापछि उनीहरुले बिराटनगर इटहरी सडकखण्ड अवरुद्ध पारेका छन् । यसैबिच खेत जोत्ने क्रममा ट्रयाक्टर पल्टिएर सुनसरीको देवानगञ्जमा आज एक जनाको मृत्यु भएको छ । ट्रयाक्टर जोत्दै गरेका अर्का चालकलाई ट्रयाक्टरमा चढेर अराल्ने क्रममा देवानगञ्ज ४ का ४५ बर्षिया बिन्देश्वर मेहताको मृत्यु भएको प्रहरीले जनाएको छ । उता सुनसरीको हासपोसामा आज बिहान को १ ख २९२९ र को १ ख १८८२ नम्बरको बस आपसमा ठोक्किदा १३ जना सामान्य घाइते भएका छन् । घाइते सबैको बिपी प्रतिष्ठानमा उपचार भइरहेको छ ।
Tuesday, June 29th, 2010
खोटाङ, असार १५ गते । कृषकहरुलाई व्यवसायीक बनाई आत्मनिर्भर बनाउने उद्देश्यले फलफूलको विरुवा वितरण गर्दै आएको जिल्ला कृषि विकास कार्यालयमा विरुवा लिने कृषकहरुको भिड लागेको छ । जिल्ला कृषि विकास कार्यालय खोटाङले कृषकहरुलाई आत्मनिर्भरताको बाटो खुलाउने उद्देश्यले सुन्तला, लिची र कागती लगायत वर्षे फलफूलको विरुवा वितरण गरिएको प्राविधिक सहायक कौशलकुमार यादवले जानकारी दिनुभयो । कार्यालयका प्राविधिक सहायक यादवका अनुसार धनकुटाबाट विरुवा ल्याउन समस्या हुनेगरेको छ । भरियालाई बोकाएर ल्याईएको विरुवाहरु खोटाङका कृषकहरुले हारालुछ गरि लगेका छन् । व्यवसायीक रुपमा फलफूल खेती गर्ने उद्देश्यका साथ लिची प्रतिगोटा १८, सुन्तला र कागतीको प्रतिगोटा ५ रुपीयाका दरले विरुवा वितरण गरिएको कार्यालयले जानकारी दिएको छ । सरकारको ढुवानी अनुदान मार्फत कृषिले सहुलियत दरमा विरुवा पाउँदै आएका छन् । १४ सय देखि २५ सय मिटर उचाईसम्म हुने यस्ता फलफूलका विरुवाहरु धनकुटाको पाख्रिबासवाट ल्याईने गरिएको हो । यस्ता उच्च भू–भागहरुमा लप्सी, नासपाती, स्याउ, आरु, बखडा, ओखर, कटुस, पिकानट, किवी लगायतका फलफूल उत्पादन गरिन्छ भने सुन्तला कागती, लिची, आँप लगायतका फलफूलहरु बेशी क्षेत्रमा खेती गरिन्छ ।
Tuesday, June 29th, 2010
काठमाण्डौ १५ असार । इरानी राष्ट्रपति मोहम्मद अहमद्धिनेजादले इरानको परमाणु कार्यक्रमसम्बन्धी हुने भनिएको वार्ता आगामी अगस्ट महिनासम्मका लागि स्थगित हुने बताउनुभएको छ । राष्ट्रपति अहमद्धिनेजादले संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद् अन्तर्गत जर्मनीसहित ६ स्थायी सदस्य राष्ट्रहरूबीच हुने भनिएको छलफल स्थगित हुने बताएउनुभएको हो । ६ वटा राष्ट्रहरूबीचमात्रै छलफल गरेर पूर्ण नहुनेभन्दै अहमद्धिनेजादले अरु राष्ट्रहरूलाई पनि छलफलमा समावेश गराउनुपर्ने बताउनुभएको हो । इरानमाथि संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले लगाएको पछिल्लो प्रतिबन्धप्रति पनि उनले असन्तुष्टि व्यक्त गरेका छन् । संयुक्त राष्ट्रसङ्घ, इयु र अमेरिकाले इरानमाथि लगाएको आर्थिक प्रतिबन्धको प्रभाव अहमद्धिनेजादले निश्क्रिय पारिदिनुभएको छ ।
Tuesday, June 29th, 2010
काठमाण्डौ १५ असार । रुस सरकारका लागि जासुशी गरिरहेको आरोपमा अमेरिकी सरकारले १० जनालाई पक्राउ गरेको छ । उनीहरु मथि थप अनसन्धान भईरहेको अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । उनीहरु लामो समयदेखि अमेरिकामा अवैधानिक रुपमा बसिरहेको जनाईएको छ । अवैधानिक रुपमा विदेशी सरकारलाई जासुुशी गरेको आरोप उनीहरूमाथि लगाइएको छ । १० जनामाथि लगाइएको उक्त आरोप अनुसार पाँच वर्षसम्म जेल सजाय भोग्नुपर्ने कानुनी प्राबधान रहेको छ । ती मध्ये नौ जनालाई अबैधानिक रुपमा बिदेशी मुद्ध्रा अपचलनको आरोप समेत लगाईएको छ, जस अनुसार २० वर्षसम्म जेल सजाय भोग्नुपर्ने कानुनी ब्यबस्था छ । अभियुक्तहरूमध्ये आठ जना रुसी जासुशी सँस्था रसीयन फरेन इन्टेलिजेनस सर्भिससँग सम्बद्ध भएको र तालिम समेत लिएको बताइएको छ ।