Archive for June, 2010
Tuesday, June 29th, 2010
तेह्रथुम १५ असार÷ गाउँ स्तरमा बस्दै आएका आदिबासि जनजातीहरmले चेतनाको अभाबले योजना कार्यान्वयन, अनुगमन र सूचना– संचारमा पहुँच पुग्न नसकेको बताएका छन् । जिल्ला बिकास समिति तेह्रथुमको आर्थिक सहयोगमा आदिबासि जनजाती पत्रकार संघ (अनिज) तेह्रथुमले आयोजनामा जिल्लाको चार ईलाकामा सम्पन्न भएको कार्यक्रमका सहभागीहरmले यस्तो बताएका हुन् । कार्यक्रममा सहभागीहरmले गाबिसमा आएको बजेटको बारेमा जानकारी गराउनका लागी गाबिसस्तर बाटै सचेतनात्मक कार्यक्रम सञ्चालन गर्नु पर्ने सुझाब दिएका छन् ।सहभागीहरmले गाबिस स्तरमा राजनितिक भागबन्डामा बजेट बितरण गर्ने गरेकोले पनि आदिबासीहरmको नाममा आएको बजेट अन्य शिर्षकहरmमा बिनियोजन हुने गरेको आरोप लगाउएका छन । छलफल कार्यक्रममा आदीवासी जनजाति पत्रकार संघ (अनईज) तेह्रथुमका अध्यक्ष मनु याक्थुङ्गवाले अन्तराष्ट्रीय श्रम संगठन महासन्धी (आईएलआ १६९),को बारेमा ,सम्बन्धीत गाबिस सचिबहरmले योजना कार्यान्वयन, अनुगमन र अन्य पदाधिकारीहरmले सुचना र संञ्चारमा पहुच कसरी पु¥याउन सकिन्छ भन्ने बिषयमा सहजीकरण गर्नुभएको थियो ।
Tuesday, June 29th, 2010
इटहरी १५ असार । विभिन्न शिक्षंक संम्बन्द्ध संघ संगठनहरुले आज स्थानिय प्रशासन र जिल्ला शिक्षा कार्यालय सुनसरी विरोधमा नाराबाली गर्दै प्रदर्शन गरेका छन । हिजो शिक्षा कार्यालयमा प्रहरीले शिक्षकलाई र्दुव्यहार गरेको भन्दै शिक्षक युनियन , नेपाल राष्ट्रिय शिक्षक संघ , नेपाल शिक्षक संघ , र मधेशी शिक्षक फोरम लगायतले आज स्थानिय प्रशासन र जिल्ला शिक्षा कार्यालय विरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका छन । उनीहरुले जिल्ला शिक्षा अधिकारीले तत्काल राजिनामा दिनुपर्ने र स्थानिय प्रशासनले माफी माग्नुपर्ने लगायत माग राखेका छन । साथै विरोध स्वरुप आज उनीहरुले सुनसरी जिल्ला भारीको सामुदायिक विद्यालय समेत ठप्प पारेका छन । विद्यालय बन्दको कारण आज जिल्ला भरी कुनै पनि सामुदायकि विद्यालय आज खुल्न सकेको छैन ।
Tuesday, June 29th, 2010
इटहरी १५ असार । राष्ट्रिय धान दिवसको अवसरमा सुनसरीको बवियामा आज पुर्वाञ्चलमै पहिलो पटक आधुनिक एस आर आई विधि बाट १ विघा जमिनमा धान रोपाई कार्य सुरु भएको छ । बविया ६ स्थित भगिरथ खत्वेले आज जिल्ला कृषि विकास कार्यालयको निर्देशन र सहयोगमा आफनो १ विघा जमिनमा एस आर आई विधि बाट धान खेती सुरु गर्नु भएको हो । राष्ट्रिय धान दिवसको अवसरमा बविया ६ स्थित खत्वेको खेतमा एक विशेष कार्यक्रममको आयोजना गरी धान रोपाई कार्य सुरु गरिएको जिल्ला कृषि कार्यालयले जनाएको छ । दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै कृषक खत्वेले एक दलित समुदायको भुमिमा जिल्ला कृषि कार्यालयले सहयोग गरेका भन्दै उक्त कार्यलाई दलित समुदायले कहिल्यै पनि विर्षन नसक्ने बताउनुभयो । त्यस्तै एस आर आईका विशेषज्ञ हरि भण्डारीले परम्परागत कृषि प्रणाली छोडेर आधुनिक कृषि प्रणाली अंगाल्नु पर्ने अहिले प्रमुख आवश्यकता भएको बताउनुभयो । त्यसतै जिल्ला कृषि विकास कार्यालयका प्रमुख असोक दासले कृषकहरुमा आधुनिक खेतीका बारेमा ज्ञानको कमी रहेकाले कृषि विकासका प्राविधिक हर समय किसानलाई ज्ञान र सल्लाह सुझाव दिन तयार रहेकाले अबका दिन आधुनिक खेती गर्न एकदमै आवश्यक भएको बताउनुभयो ।
Tuesday, June 29th, 2010
बिराटनगर १५ असार । संविधान निर्माणका लागी दवाव दिने उद्देश्यले आदिवासी जनजाती दलीत गणतान्त्रिक मोर्चा, थरुहट स्वायत्त राज्य समितीले पनि आज सुनसरीको दुहवीमा राष्ट्रिय मुक्ति सेनालाई सार्वजनिक गर्दैछ । किशोरकुमार विश्वास अध्यक्ष रहेको मोर्चाले दुहवी स्थित सरस्वती उच्च माध्यमिक विद्यालयमा आज एक सय ५० भन्दावढी सेनालाई सार्वजनिक गर्ने कार्यक्रम तय भएको हो । सबैले लडाकु दस्ता र सेना निर्माण गर्दै जाने हो भने झन संबिधान निर्माण कार्य ओझेलमा पर्ने चर्चापनि चल्दै आएको छ ।
Tuesday, June 29th, 2010
बिराटनगर १५ असार । भानु कला केन्द्र बिराटनगरले सदा झै यस बर्षपनि बिभिन्न क्षेत्रमा योगदान पु¥याउने चार जनालाई सम्मान गर्ने भएको छ । केन्द्रले यसबर्ष कलाकार प्रमिला उप्रेती, साहित्यकार डाक्टर टंक न्यौपाने, पत्रकार प्रदिप मेयाङ्गवो र कलाकार राम थापा मगरलाई सम्मान गर्ने भएको हो । केन्द्रले हरेक बर्ष बिभिन्न क्षेत्रमा योगदान पु¥याउने ब्यक्तित्वहरुलाई सम्मान गर्दै आएको छ । केन्द्रको हालै बसेको बैठकले सो निर्णय गरेको बिज्ञप्तीमा जनाइएको छ । सो सम्मान कार्यक्रम यही असार २६ गते गरिने पनि बिज्ञप्तीमा जनाइएको छ । त्यस्तै भानु जयन्तीका अवसरमा कबिता गोष्ठी, भानु रथयात्रा लगायतका कार्यक्रम गर्ने केन्द्रले जनाएको छ ।
Tuesday, June 29th, 2010
इलाम, १५ असार । इलामको पूर्वी सीमावर्ती बजार पशुपतिनगरमा राष्ट्रिय वाणिज्य वैंकको शाखा कार्यालय स्थापना भएको छ । बैंक स्थापना पछि कर्जा वाहेकका सबै सुविधा उपलव्ध गराउन बैंकका प्रवन्धक ऋषिनाथ अधिकारीले बताउनु भयो । द्धन्दका समयमा असुरक्षाका कारण बैंक विस्थापित भएपछि पशुपतिनगर हुँदै भारत तर्फ जाने पर्यटकहरु भारतीय रुपैया साट्नु पर्दा व्यापारीहरुबाट ढगिंदै आएका थिए । बैंक स्थापना पछि आन्तरिक तथा वाह्यपर्यटकहरु र सीमा क्षेत्रका श्रीअन्तु , समालबुङ्ग, गोर्खे, नयाँबजार लगायतका गाविसका बासिन्दाहरुलाई बैकिंङ्ग कारोबारमा सहज भएको उद्योग वाणिज्य संघ पशुपति नगरले जनाएको छ ।
Tuesday, June 29th, 2010
इलाम, १५ असार । नेपाल र भारतको सीमावर्ती इलामको श्रीअन्तुस्थित छब्बीसेदेखि पाँचथरको सिद्धिनसम्मका पाँच वटा सीमास्तम्भ गायव भएका छन् । त्यस क्षेत्रमा एक सय नौवटा सीमास्तम्भ हुनुपर्नेमा एक सय चारवटा मात्र फेला परेको सीमा प्रशासन कार्यलय पशुपतिनगरले बताएको छ । सीमास्तम्भ चेकजाँचका क्रममा त्यस सिदिनदेखि पशुपतिनगरको हिलेसम्मका ७१÷२०, ७१÷२१, ७१÷२२ र ७१÷२३ सीमास्तम्भ नभेटिएको कार्यालय प्रमुख यज्ञ आचार्यले बताउनभयो । श्रीअन्तु गाउँ विकास समितिस्थित दिपकमल सामुदायिक वन क्षेत्रको ७२÷३ र ७२÷४ नम्बरका नेपाल भारत सीमास्तम्भ समेत निरीक्षणका क्रममा नभेटिएको र भेटिएकामध्य पनि केहि पूर्ण रुपमा भत्किएको पाएको आचार्यले जानकार िदिनुभयो । सीमा प्रशासन कार्यालय पशुपतिनगर, इलाका प्रहरी कार्यालय पशुपतिनगर र सीमा प्रहरी कार्यालय पशुपतिनगरले करिब छ महिनाअघि १२ दिन लगाएर गरेको सीमास्तम्भ निरीक्षणमा पाँचवटा हराएका सीमास्तम्भ नयाँ बनाउनु पर्ने, १६ वटा मुख्य र सहायक स्तम्भ भत्किएको पाएको छ ।
Tuesday, June 29th, 2010
दमक १५ असार । झापाको दमकका कुखुरा ब्याबसायिहरुले अन्य जिल्लाबाट आउने कुखुरा तथा सो संग सम्बन्धित बस्तुहरु जिल्ला ल्याउन नदिने चेतावनी दिएका छन् । व्यवसायीले झापामा उत्पादित कुखरा अन्य जिल्लामा निकाशी हुने ब्यबस्था नमिलाईएसम्म कुखुराजन्य बस्तुसमेत भित्रिन नदिने बताएका हुन् । लोकल कुखुरा ब्याबसायी संघ दमकले त्यसकालागि सङ्घर्ष समिती गठन गरेका छन् ।संघका अध्यक्ष ईद्रिस सिद्धिकीको अध्यक्षतामा गठित समितीले स्वास्थ्य परिक्षण गराएर स्वस्थ ठहरिएका कुखुरा जिल्ला बाहिर निकाशी हुने ब्यबस्था गराउन माग गरेको छ । गत बर्षको माघदेखि भेटेरिनरी प्रमाण पत्र नदिईएकाले झापामा उत्पादित कुखुरा अन्य जिल्लामा निकाशी हुन नपाएको संघका सचिव राजेन्द्र श्रेष्ठले बताउनुभयो । दमकमा कुखुराको स्वास्थ्य परिक्षणकालागि मान्यता प्राप्त चिकित्सकको व्यबस्था गर्न समेत उनीहरुले माग गरेका छन् । २ दिन भित्रमा आफ्नामाग पूरा नभए असार १७ गते बाट कुखुरा, दाना, अण्डा, औषधि लगायत कुखुरासंग सम्बन्धित कुनै पनि बस्तु झापा भित्रिन नदिईएने समितीका अध्यक्ष अन्सारीले बताउनुभयो ।
Tuesday, June 29th, 2010
ओखलढुंगा १५ असार । बिजुली जडान गर्ने क्रममा आज दिउसो ओखलढुंगामा एक जनाको करेन्ट लागेर मृत्यु भएको छ । विद्युत प्राधिकरणका प्राविधिक ओखलदुंगा ९ का ३४ वर्षिय राजु श्रेष्ठको करेन्ट लागेर मृत्यु भएको हो । ओखलढुंगा ६ सिद्धिचरण पार्क नजिकै विद्युत जोड्दै गर्दा दिउँसो १ बजे करेन्ट लागेर उनको मृत्यु भएको छ । करेन्ट लाग्ने बित्तिकै ओखलढुंगा सामुदायिक अस्पताल उपचारको लागि लगिएपनि अस्पतालले उपचार नगरि नै मृत घोषणा गरेको छ । सदरमुकामदेखि सोब्रुतिर वितरण गर्दै गरिएको विद्युत लाइन जडान गर्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
Tuesday, June 29th, 2010
फिदिम १५असार । स्थानीय विकास मन्त्रालयले यसै असार मसान्त भित्र योजना सम्पन्न गर्ने गरी पाँचथरका १० वटा योजनाका लागि ३५ लाख रुपैंया पठाएको छ । स्थानीय विकास अधिकारी शिवराम पोखरेलका अनुसार तत्काल सम्झौता गरी असार मसान्त भित्र योजना सम्पन्न गरी फस्र्यौट गर्ने गरी स्थानीय विकास मन्त्री पूर्णकुमार शेर्माले गृह जिल्ला पाँचथरका लागि उक्त रकम पठाउनु भएको हो । यसरी छनौट गरी पठाएका योजना हरुमा राँके रवि उत्तरे सडकको सोलिङका लागि ४ लाख, वन्थाक, सिम्राघाट, लगुवा, दोभान मुलघाट सडकका लागि ७ लाख, फिदिम फालौट सडकका लागि ५लाख, तृतीया याङनाम सडकका लागि ३ लाख, नाम्रेक विरुवा सडकका लागि ३ लाख,फिदिम खेल मैदान सुधार विस्तारका लागि ५ लाख, शान्तिचोक मिक्लाजुङ सडकका लागि ३लाख,फलाँटे खमारे सडकका लागि २ लाख, फेगुम्वा सेजेपा सडकका लागि १लाख र गुराँसे मसार गाँउ वराङफुङ सडकका लागि १ ला ख रुपैंया छ । मन्त्रालयले यआर्थिक वर्षको अन्त्यमा यसरी पाँचथरलाई पठाएको ३५ लाख रुपैंयामा तोकिएका योजनाहरु धमाधम सम्झौता भइरहेको पनि स्थानीय विकास अधिकारी पोखरेलले जानकारी दिनुभयो ।