Archive for April, 2010
Monday, April 19th, 2010
नवलपरासीको दिब्यपुरीका स्थानिय बासिन्दहरुले गएराती रजहर प्रहरी चौकीमा ढुङ्गामुढा गरि आक्रमण गरेका छन । ढुङ्गामुढा गर्ने क्रममा प्रहरी ईन्सपेक्टर गजेन्द्र चौधरी सहित १ दर्जबढि स्थानियवासिहरु घाईते भएका छन । दोषि लाई कारवाहि गर्नुपर्ने ,प्रहरिले पक्राउ गरेका आफ्ना साथिहरुलाई निशत्र रिहाई गर्नुपर्र्नेे भन्दै स्थानीय बासिन्दाले प्रहरी चौकिमा आक्रमण गरेका हुन । यसैबिच स्थानीइ बाििसन्दाले अहिले पूर्वपश्चिम राजमार्गको दुम्कौलिमा सवारी आवागमन ठप्प पारेका छन । राजमार्ग अवरुद्ध भएपछि पूर्व पश्चिम भएर चल्ने सयौं सवारीका साधनहरु बाटोमा नै रोकिएका छन । यातायात अवरुद्ध भएपछि पूर्वपश्चिम हिँडेका यात्रुहरु बिच बाटोमै अलपत्र परेका छन । गत चैत्र ३१ गते एक कार्यक्रममा रजहर र दिव्यपुरीका स्थानिय युवाहरुबीच विवाद भएको र त्यही विषयमा रजहरका युवाहरुले दिव्यपुरीका युवाहरुलाई पिट्दा समेत प्रहरीले दोषीलाई कारवाही नगरेको स्थानिय दिव्यपुरीवासिको भनाई रहेको छ ।
Monday, April 19th, 2010
संविधान लेखन कार्य तोकिएकै मितिमा सम्पन्न गर्न दलहरुलाई सचेत र सजग बनाउने उद्देश्यले पैदल यात्रामा हिँडेका अपाङ्गता भएका महिला बुटवल आइपुगेका छन् ।नयाँ संविधानामा, शिक्षा, स्वास्थ्य, रोजगारी आदि क्षेत्रमा आफ्ना हकहित संरक्षण गर्न दबाब दिने उद्देश्यले मेचीबाट गत चैत १५ गतेदेखि आफ्नो यात्रा सुरु गरेको सातजनाको टोली अठारौँ दिनको दिन बुटवल आइपुगेको हो । नेपाल चेलिबेटी अपाङ्ग महिला समाज हाँसपोसा–१ सुनसरीको पैदलयात्री टोलीले जनताले दिएको ‘म्यान्डेट’अनुसार तोकिएकै मितिमा संविधान लेखिनुपर्ने, देशमा शान्तिसुरक्षा कायम हुनुपर्नेजस्ता माग रहेको महिला ह्विलचियर यात्री त्रिप्ता मगरले जानकारी दिनुभयो ।
Monday, April 19th, 2010
सरकारले शिबिरमा रहेका माओबादी लडाकुहरुको तीन महिना देखि रोकिएको भत्ता आज देखि बितरण गर्न सुरु गर्ने भएको छ । अनिमन, माओबादी र शान्ति मन्त्रालयको रोहबरमा सात शिबिरमा रहेका लडाकुहरुको तीन महिना देखि रोकिएको मासिक भत्ता आज देखि एक मुष्ट बितरण गर्न लागिएको हो । लडाकुको सख्याको बारेमा बिबाद भए पछि सरकारले माघ, फागुन र चैत्र गरि तीन महिनाको भत्ता रोकेको थियो । लडाकुलाई मासिक भत्ता बितरण सम्बन्धी निर्देशिका अनुसार प्रत्येक लडाकुलाई परिचयपत्र हेरेर ब्यक्तिगत चेक मार्फत भत्ता बितरण गरिनेछ । कुनै लडाकुको परिचयपत्र नक्कली पाइएमा र शका लागेमा भत्ता रोकि छानबिन गरिने शान्ति मन्त्रालयले जनाएको छ ।भत्ता बितरण ४ नं शिबिर नबलपरासीमा आज देखि सुरु हुने छ । ४ नं शिबिर नबलपरासीमा आज देखि सुरु भई ९ गते सम्म जारी रहने छ, यस्तै ३ नं शिबिर चितवनमा भोली देखि १३ गते सम्म, २ नं शिबिर सिन्धुलीमा ५ गते देखि ११ गते सम्म, ५ नं शिबिर रोल्पामा ७ देखि १३ गते सम्म, ७ नं शिबिर र्कैलालिमा १५ देखि २१ गते सम्म, ६ नं शिबिर सुर्खैतमा १९ गते देखि २५ गते सम्म र १ नं शिबिर इलामका २० गते देखि २६ गते लडाकुलाई भत्ता बितरण गर्न कार्यक्रम तय गरिएको छ । यो कार्य २६ गते सम्पन्न हुनेछ ।
Monday, April 19th, 2010
सेना समायोजन विशेष समितिको बैठक आज बस्दैछ । प्रधानमन्त्री तथा मन्त्रीपरिषदकाृे कार्यालय सिहदरबारमा केही बेरमा शुरु हुने बैठकमा माओवादी जनसेनाका लडाकुको समायोजन बारे प्रमूख छ दलका शिर्षनेताहरु सँग छलफल हुने जनाइएको छ । बैठकमा माओबादी, कग्रेश, एमाले, मधेशी जनअधिकार फोरम लोकतान्त्रिक, तमलोपा र फोरम नेपालका शिर्ष नेताहरु सँग माओवादी लडाकु समायोजन, ब्यवस्थापन र पुनस्थापनामा देखिएका विवादित विषयका छलफल गर्न लागेको हो । पुनस्थापना हुन चाहने लडाकुका लागी तयार पार्न खोजिएको आर्थिक प्याकेज कार्यक्रमा प्राबिधिक समितीमा दलहरु बिच बिबाद भए पछि समितीले आज दलहरु सँग छलफल गर्न लागेको हो । यस अघि तय गरिएको छलफल एकीकृत नेकपा माओवादीका नेताहरुको व्यस्थताका कारण स्थगित भएको थियो ।
Monday, April 19th, 2010
आफु नेतृत्वको सरकार गठन तथा पार्टिको भावि रणनिति तय गर्न हिजो देखि सुरु भएको एकिकृत नेकपा माओवादी पोलिटब्युरो बैठक आज पनि बस्दैछ । अहिले केहिबेर पछि पार्टी कार्यालय कोटेश्वर पेरिसडाडामा सुरुहुने बैठकमा शान्ती र संविधान निर्माणको कार्यलाई निश्कर्षमा पुर्याउने अगाडि बढ्ने भन्ने विषयमा आज पनि सदस्यहरुले आ आप्नो धारणा (more…)
Thursday, April 15th, 2010
बिराटनगर २, बैसाख / कोशी राजमार्ग अन्तर्गत धनकुटाको जोरपाटीमा हिजो भएको ट्याक्टर दुर्घटनामा परि एक जनाको ज्यान गएको छ भने करिब २ दर्जन घाइते भएका छन् । धनकुटा नगरपालीकाको हिलेबाट सिधुवा बजारतर्फ जाँदै गरेको को १ त ६८१८ नम्बरको ट्याक्टर हात्तिखर्क ८ जोरपाटिमा बजारमा पल्टिदा घाइते भएका तेलिया ७ निवासी १५ बर्षिय बिशाल लिम्बुको उपचारका लागी जिल्ला अस्पताल तर्फ लैजाँदै गर्दा बाटोमै मृत्यू भएको हो । (more…)
Thursday, April 15th, 2010
बिराटनगर २, बैसाख ÷ हिजो साझ भोजपुरमा भएको सवारी दुर्घटनामा १५ जना घाइते भएका छन् । साझ साढे ५ बजे भोजपुरको केउरेनी पानी सतिघाट बैदार भन्ज्याङबाट दिङ्ला तर्फ जादै गरेको को १ च ४८४१ नम्बरको ट्याक्सी केउरानी ५ मा अचानक पल्टिदा त्यसमा सवार १५ जना यात्री घाइते भएका हुन् । (more…)
Thursday, April 15th, 2010
बिराटनगर २, बैसाख / सुनसरीको छिटाहामा आज बिहान भएको सवारी दुर्घटनामा ४ जनाको घटना स्थलमा मृत्यु भएको छ भने ४ जना घाइते भएका छन । बिहान ३ बजेतिर छिटाहा ८ बाट मधेली तर्फ जन्ती पु¥याएर फर्केको को १ त ४५५२ नंबरको ट्याक्टर औरावनी ६ को नहरछेउमा अनियन्त्रित भई पल्टिएको थियो । (more…)
Thursday, April 15th, 2010
बिराटनगर २, बैसाख / गएराती सप्तरीको लौहजरामा भएको आगालागीमा लाखौको धनमाल जलेर नष्ट भएको छ । राती सवा १ बजे लौहराजरा ३ का गुज्जाइ मण्डलको घरमा अचानक आगलागी हुदा ५० लाख बराबरको धनमाल जलेर नष्ट भएको हो । (more…)
Thursday, April 15th, 2010
राष्टीय सहमतिको सरकार गठनका लगि सदन र सडक संर्घष चर्काउने निष्कर्षमा पुगेकोे एकिकृत नेकपा माओवादी पोलिटब्युरो बैठक आज बस्दैछ । पार्टि केन्द्रीय कार्यलय कोटेश्वर पेरिषडाडामा दिउसो एक बजेपछि सुरु हुने बैठक मुल रुपमा राष्टीय सहमतिको सरकार गठनको रणनिति तय गर्ने विषयमा केन्द्रीत रहने पोलिटब्युरो सदस्य देवेन्द्र पौडेल सुनिलले जानकारि दिनुयभो । (more…)