On Air

NEWS Lok Shusheli Request
AT 4:00 pm

Today's News

Scroll Left
  • १० दिन देखि बन्द

    विराटनगर, जेठ ५ । लगातारको बन्दले पुर्बमा खाध्यान्न लगायतका सामानको अभाब हुन थालेको छ । पूर्वाञ्चल बन्द भएको आज १० दिन पुग्दा समेत बन्द नखुल्दा पूर्वको जनजीवन आक्रान्त बन्दै गएको छ । भने पूर्वाञ्चलका तराई तथा पहाडी जिल्लाहरुमा बजार, यातायात र उद्योग ठप्प भएका छन । यस्तै आज देखि पुन बृहत मधेशी मोर्चाले पुन बन्द [...]

  • व्राम्हाण क्षेत्री के को आदिवासी ः राजकुमार लेखि

    काठमाण्डौ, ५ जेठ । सरकारले व्राम्हण, क्षेत्री र दशनामीलाई आदिवासीका रुपमा सुचिकृत गरेकोप्रति आदिवासी जनजाती महासंघले आपत्ति जनाएको छ । अध्यक्ष राजकुमार लेखिद्धारा आज जारी बिज्ञप्तीमा सम्झौता हास्यास्पद भएको उल्लेख गरिएको छ । महासंघले आदिवासी जनजाति या अरु कुनै जातीय समुदायको सूचीकरणको निर्धारण राजनीतिक निर्णय या सरकारको लहड, स्वार्थ या सम्झौताबाट नहुने वताएको छ । [...]

  • मधेसका नेता तथा कार्यकर्तासँग छलफल

    काठमाण्डौ, ५ जेठ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष एवम् प्रधानमन्त्री डा बाबुराम भट्टराईले सङ्घीयताको विषयमा पार्टीकै तराई मधेसका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्जहरुसँग संयुक्त छलफल गर्नुभएको छ । अध्यक्ष दाहालको निवास लाजिम्पाटमा भएको छलफलमा पहिचान र सार्मथ्यलाई नै ध्यान दिएर राज्यको पुनः संरचना गरिने र त्यसैका आधारमा पार्टी गतिविधि सञ्चालन गर्नुपर्नेमा [...]

  • बम बिष्फोटका नाइके पक्राउ

    काठमाण्डौ, ५ जेठ । प्रहरीले जनकपुरको रामानन्द चोकमा बम बिस्फोटको घटनामा तराई बिद्यार्थी लिब्रेशन फ्रन्टका मुकेश चौधरीको मुख्य सलग्नता रहेको जनाएको छ । घटनाको अनुसन्धान गरीरहेको केन्द्रिय अनुसन्धान व्युरोले आज जनकपुरमा पत्रकार सम्मेलनमार्फत प्रारम्भिक अनुसन्धान सार्वजानिक गर्दै घटनाका मुख्य अभियुक्त चौधरीको खोजी भइरहेको जनाएको हो । घटनाको जिम्मेवारी एक समुहले लिएपनि अनुसन्धानबाट अर्कै समुहको संलग्नता [...]

  • मेहताको अभिव्यक्तिप्रति ३ दलको आपत्ती

    काठमाण्डौ, ५ जेठ । प्रमुख तीन दलले बिरगन्ज स्थित भारतीय महाबाणिज्यदुताबासका कन्सुलर एस डि मेहताको अभिव्यक्ति प्रति कडा आपत्ति जनाएका छन् । एकिकृत नेकपा माओबादी, नेपाली कंग्रेश र नेकपा एमालेका शिर्ष नेताहरुको संयुक्त बैठकले दुतावासका कर्मचारी मेहताले मधेशको आन्दोलन चर्काउन स्थानीय नेताहरुलाई गरेको आग्रहप्रति आपत्ती जनाएको हो । बैठकले मेहताको अभिव्यक्ति अत्यन्त उत्तेजक, कुटनीतिक मर्यादा [...]

  • उपाधीको लागि मुनाल र सैनिक आज भिड्ने

    विराटनगर, ३ जेठ ।  मोरङको उर्लाबारीमा जारी प्रथम मदन भण्डारी स्मृति गोल्ड कपको  आज हुने फाइनल खेलमा झापाका दुइ टिम मुनाल क्लब चन्द्रगढी र सैनिक युथ क्लब बिच प्रतिष्पर्धा हुने भएको छ । दुबै टिमले फाइनलमा अधिकाश ए डिभिजन लिग खेल्ने खेलाडी मैदानमा उतार्ने आयोजकले जनाएको छ । यसअघि सैनिक युथ क्लबले झापाकै धुब्रतारा स्पोटिङ [...]

  • आईपिएल क्रिकेट प्रतियोगिता

    काठमाण्डौ, ३ जेठ । दिल्ली डेयर डेभिल्स इन्डियन प्रिमियर लिग आईपिएल क्रिकेट प्रतियोगिताको अघिल्लो चरणमा प्रवेश गरेको छ । गएराती भएको खेलमा पंञ्जाबलाई पराजित गर्दै १४ खेलबाट २० अंक बनाएको दिल्ली अघिल्लो चरणमा पुग्ने पहिलो टोली समेत बनेको छ । गएराती भएको खेलमा माहेला जयबद्र्धनेको अविजित अर्धशतकसंगैं, दिल्लीले किंग्स इलेभेन पञ्जावलाई हराएको हो । दिल्लीमा [...]

Scroll Right